स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापामा एक जना पक्राउ

साउन ९, २०७८ शनिबार ,काठमाण्डाै – झापामा स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । झापा गाउँपालिका २ बेलाइतीबारीका गौरी मण्डललाई भारतबाट लुकाएर ल्याउँदै गरेको ४० लाख ३७ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले बोकेको पैसाको स्रोत नखुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका मण्डललाई थप कारबाहीको लागि भद्रपुर भन्सारमा पठाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.