ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद भङ्ग, प्रधानमन्त्री बर्खास्त

साउन ११, २०७८ सोमबार ,काठमाण्डाै – ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्नु भएको छ । यस्तै, उहाँले संसद पनि भङ्ग गर्नु भएको छ ।ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विराेध प्रदर्शन भइरहेका बेला उहाँले संसद भङ्ग गर्नु भएको हो । ट्युनिसियामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । देशमा शान्ति कायम गर्न यो कदम चालेको राष्ट्रपति सैयदको प्रतिक्रिया छ । उहाँले संविधान अनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बर्खास्त गरेको दाबी गर्नुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.