शेयर बजार १५ अङ्कले घट्यो, झन्डै ११ अर्ब रुपैयाँको कारोबार

साउन १४, २०७८ बिहिबार ,काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज बिहीवार घटेको छ । होटल र विकास बैंकबाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से १५ दशमलव ११ अङ्कले घटेर तीन हजार ७९ दशमलव ८३ विन्दुमा झरेको हो ।आज बैंकिङ समूहको शेयर साढे १० अङ्कले, व्यापारको चार अङ्कले, जलविद्युतको २८ अङ्कले, फाइनान्सको ५४ र माइक्रोफाइनान्स समूहको शेयर पाँच अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर ८६ अङ्कले, निर्जीवनका ६९, उत्पादनको ५३, अन्यको १३ र लगानी समूहको शेयर झन्डै साढे एक अङ्कले घटेको छ ।आज दुई सय १७ कम्पनीका दुई करोड ६० लाख कित्ता शेयर १० अर्ब ९० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुडविल फाइनान्सको ३३ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज गुडविल फाइनान्सको शेयर सात प्रतिशत र माउन्टेन हाइड्रोको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि रिडी हाइड्रोको झन्डै १० र जीवन विकास लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.