कालिगण्डकी गाउँपालिकाले टाट पल्टिएको अस्पतालको उद्वार गर्‍यो, हजारौ लाभान्वित

नारायण न्यौपाने । पाल्पा, साउन १४
मनग्य नाफा कमाउने उद्वेश्य राखेर शुरु गरियको स्याङजाको श्रकृश्णगण्डकी मिर्मी स्थित तत्कालिन कालिगण्डकी हस्पिटल प्रा.लि टाट पल्टिएपछी बन्द भयो । बि.स २०६६ सालबाट ५ वर्ष अनियमित रुपमा हस्पिटल सञ्चालन भएको सेयर सदस्य छबिलाल न्यौपानेले बताए । उनका अनुसार हस्पिटल पटक पटक बन्द हुने र खुल्ने हुन्थ्यो । ‘अहिलेसम्म हिसाब किताब भयको छैन, ४० लाख नगद उठाएको हो, बांकि ६० लाखको सामानको बिल छ, समय र शक्तिको कुरा नगरौ’ न्यौपानेले भने, ‘टाट पल्टियो, अहिले अलि अलि भयको सामान थन्क्याएर त्यँही राखिएको छ भन्ने सुनेको छु, सेयर होल्डर लाखापाखा छौँ ।’
कमजोर ब्याबस्थापन र महत्वकांक्षाका कारण सो समयमा हस्पिटलले गति लिन नसकेको स्थानिय मदन भट्टराइले बताए । उनले भने, ‘राम्रो भौतिक संरचना थियो, पायक पर्ने स्थान थियो तर ब्याबस्थापन र योजना फितलो भएका कारण त्यो बेलामा चल्न सकेन ।’ लगानि गरेका केही मानिसहरुको समेत तत्कालीन अस्पताल सञ्चालक समितीले नाम निसान राखेको छैन । स्थानिय एक नारायण भट्टराइले आफँुले सेयर सदस्य छविलाल न्यौपानेलाइ अस्पतालको सेयरका लागि रकम दिएको तर उनले कुनै रेकर्डनै नराखिदिएकोे बताए । त्यस बेलाको औषधी, बिजुली, यातायातको वक्यौता समेत फरफारक गरिएको छैन ।
अग्रस्थानमा रहेर हस्पिटलको काम गरेका सेयर सदस्य उमेश पाण्डेले भने बिशेस कारणबस हस्पिटल सञ्चालन गर्न नसकेको बताए । ‘म अहिले कुरा गर्न सक्दिन, राजु, राम प्रसाद, छबिलाललाइ फोन गर्नुस’ पाण्डेले भने, ‘अहिले गाउँपालिकाले चलाएको छ, भएका सबै सामान दिएका छौँ, सेवा गरेका छौँ ।’ तर गाउँपालिकाले भने तत्कालिन कालिगण्डकी हस्पिटल प्रालिका सबै सामान चावि लगाएर राखेको छ, प्रयोग गरेको छैन ।

इतिहाँसको नाम, गाउँपालिकाको स्वामित्व पछि सेवा र काम

अस्पतालमा तत्कालीन समयको नाम मात्रै काम लागेको छ अन्य सबै नयाँ शिराबाट सञ्चालन गरिएको छ । सरकारले प्रत्येक स्थानिय तहमा १५ शैयाको अस्पताल बनाउने योजना अनुसार कालिगण्डकी गाउँपालिकाले बन्द भएको अस्पतालको स्वामित्व लिएको हो । कालिगण्डकी ए जलबिद्युत परियोजनाको ठेकेदार कम्पनीले निर्माण गरेको भौतिक संरचना स्थानिय जग्गा धनिको नाममा थियो । कार्यपालिकाको बैठकबाट निर्णय गरी अस्पताल सञ्चालनका लागि जग्गा खरिद गरेको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताए । कोरोना महामारिको बिचमा शुरु गरिएको अस्पतालले उल्लेख्य सेवा दिएको अध्यक्ष थापाको भनाइ छ । कोरोना प्रभावितका लागि अस्पतालले सबै सेवा निशुल्क गरेको छ

गत फागुन १० गतेबाट अस्पताल सञ्चालन भएपछी यस क्षेत्रका मानिसहरुलाइ जनरल स्वास्थ्य सेवा, सुत्केरी सेवा, एक्सरे सेवा, स्वास्थ्य बिमा अन्तर्गत हुने सुविधा लगायतका सेवा असपतालले प्रदान गरेको ब्याबस्थापकको जिम्बेवारी सम्हालेका पदम पाण्डेले बताए । कोरोनाको संकटपुर्ण अबस्थामा १६ बेडको आइसोलेशन निर्माण गरी अस्पतालले कोरोना पोजेटिभको सफल उपचार गरेको उनले बताए ।

अस्पताल सञ्चालन भएपछी यस क्षेत्रका मानिसहरुलाइ सामान्य उपचारका लागि पाल्पा पोखरा जानुपर्ने बाध्यता हटेको अस्पतालमा प्रशासनिक जिम्बेवारी सम्हालेका अहेव युवराज थापाले बताए । ‘अस्पताल स्तरको सेवा लिनलाइ निकै दुरिमा जानुपर्ने बाध्यताको अन्त्य भएको छ’ थापाले भने, ‘स्याङजाको कालिगण्डकी गाउँपालिका मात्रै नभएर अन्य धेरैले सेवा पाउनुभएको छ ।’ अस्पतालबाट स्थानिय संगै गल्याङ नगरपालिका, पाल्पाको बगनासकाली, गुल्मीको कालिगण्डकी, सत्यवती, पर्वतको बिहादी र पैयूँ त्यस्तै बाग्लुङको जैमीनी नगरपालिकाका जनताहरु प्रत्यक्ष लाभान्वित भएका छन । २ जना एमबिबिएस डाक्टर सहित १८ जना स्वास्थ्य कर्मीले अहिले दैनिक सेवा दिइरहेका छन । ७ जना अन्य कर्मचारी छन ।

अस्पतालले निकट भबिस्यमै बिशेसज्ञ सेवा सहितका सुविधा थप गर्ने योजना बनाएको छ । कालिगण्डकी गाउँपालिका वडा न ७ का अध्यक्ष मुक्ती प्रसाद भट्टराइले अस्पताल सञ्चालनले कोरोना माहामारिको समयमा धेरै मानिसहरुको ज्यान जोगिएको बताए । उनले भने ‘हेर्नुहोस अस्पताल नचलाएको भय हामिले धेरै मानिसहरु गुमाउनु पर्दथ्यो, त्यसका लागि जग्गा दाताले गाउँपालिकालाइ २ करोड पर्ने जग्गा ७० लाखमा दिए, यो गौरवको मान्नुपर्ने कुरा हो ।’ स्मरणिय के छ भने भट्टराइ जग्गा धनी र तत्कालीन कालिगण्डकी हस्पिटल प्रालिका सेयर सदस्य हुन ।

अध्यक्ष खिम थापालाइ धन्यवाद
मंगलवार दिउसो अस्पताल पुग्दा श्रीमान श्रीमतीनै अस्पतालको एउटा वाडमा कोरोना पोजेटिभ भएर उपचार गराइरहेका थिय । प्रतिक्रिया लिने क्रममा उनले भने, ‘मेरो ठेगाना कालिगण्डकी ६ दब्छे हो । नाम नभनौ कोरोना लाग्यो भनेर मिडियामा भन्दा फरक नजरले हेर्छन, अन्त बेड पाइन्थ्यो पाइँदैनथ्यो कति दुःख हुन्थ्यो । घरबाट आधा घण्टामा आइयो, पैसा खर्च पनी कम हुने, उपचार पनि राम्रो गरि गर्नुभाछ, धरै ठुलो सुविधा पायको अनुभ भएको छ । यो अस्पताल सञ्चालन गरेकोमा खिम थापालाइ धन्यवाद ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.