तुइन चुँडिएर महाकाली नदीमा खसेका एक जना बेपत्ता

साउन १५, २०७८ शुक्रबार ,दार्चुला – व्यास गाउँपालिका–२ मालघाटमा तुइनबाट महाकाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन काटिदिएपछि ३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुनुभएकाे हाे ।

नदी तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो । ‘भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदिए, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उहाँ बेपत्ता हुनुभएकाे छ, पाँच/छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ’ धामीले भन्नुभयो,’अरु सबै तुइनबाट भारत तरेका थियाैँ, जयसिंह तर्ने बेला एसएसबी तुइन काटिदिए।’

भारत पाङ्गलमा रहेका एसएसबीले तुइन काटिदिएका उहाँले बताउनु भयाे । धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.