विश्व नम्बर एक जाेकाेभिचकाे ‘गाेल्डेन स्लाम’ जित्ने आशा समाप्त

साउन १५, २०७८ शुक्रबार ,काठमाण्डाै – सर्बियाका शीर्ष वरीयताका टेनिस खेलाडी नोभाक जोकोभिच टोकियो ओलम्पिकबाट बाहिरिएका छन् । जोकोभिच सेमिफाइनलमा जर्मनीका ‘चौथो सीड’ का अलेक्जेन्डर जेभरेभसँग १–६, ६–३, ६–१ ले पराजित भए ।योसँगै जोकोभिचको ‘गोल्डेन स्लाम’ अर्थात् चार ग्रान्ड स्लाम र ओलम्पिक जित्ने प्रयासमा विराम लागेको छ । जोकोभिचले यस वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका छन् । उनीसामु ओलम्पिक र यूएस ओपन थियो जसलाई जितेर उनी गोल्डेन स्लाम बनाउने पहिलो पुरुष खेलाडी बन्न सक्थे ।

जर्मनीकी स्टेफी ग्राफ विश्वको एकमात्र टेनिस खेलाडीले सन् १९८८ मा यो उपलब्धि हासिल गरेकी थिइन् ।सेमिफाइनलमा जोकोभिचलाई हराएका जेभरेभले आइतवार फाइनलमा रसियाका करेन खाचानोभसँग खेल्नेछन् । विश्व वरीयतामा २५ नम्बर र ‘बाह्रौँ सीड’ का खाचानोभले स्पेनका पाब्लो कारेनो बुस्टालाई ६–३ ६–३ ले हराउँदै फाइनल पुगेका हुन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.