दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको भारतबाट उद्धार

साउन १६, २०७८ शनिबार ,काठमाण्डाै – भारतको विभिन्न ठाउँबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । भारतको कलकत्तामा रहेकाे नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकका रहेको विश्व सेवा विस्तार संस्थाले जनाएको छ ।

उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५,अधेरीका १५ वर्षीय नवीन लिम्बु र १६ वर्षीय रोमन कटुवाल र दमकका १४ वर्षीय खेम राजवंशी रहेका संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले बताउनुभयो । उद्धार गरिएका सबैलाई शुक्रवार नै परिवारको जिम्मा लगाइएको छ । उद्धार गरी ल्याइएका बालकले घुम्नका लागि भारत गएका बेला आफूहरुलाई नियन्त्रणमा लिएर भारतको पश्चिम बङ्गालमा रहेकाे जलपाइगुडी जिल्लाको एक बालगृहमा लगिएको बताएका छन् । विश्व सेवा विस्तारले विगत पाँच वर्षदेखि झापाको काँकडभिट्टा तथा भद्रपुरमा रहेकाे सीमानाकामा रहेर चेलीबेटी बेचबिखन तथा बालअधिकारको क्षेत्रमा रहेर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.