डोटीमा प्रहरी जवानको अन्तर्वार्तामा सहभागी चार जना नक्कली परीक्षार्थी पक्राउ

साउन १६, २०७८ डोटी – डोटीमा भएको प्रहरी जवानको अन्तर्वार्तामा चार जना नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ ।
सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेकामध्ये हिजो र अस्ति तीन जना तथा साउन १० गते एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये कैलालीका दुई जना र बझाङका दुई जना रहेका छन् । उनीहरु सुदीपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी रहेका खुलेको छ ।

लिखित परीक्षा अर्कै पास भएको तर मौखिक परीक्षामा आफैँ उपस्थित भएको शङ्का लागेपछि छानबिन गर्ने क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक केशव पन्तले जानकारी दिनुभयो ।

नक्कली परीक्षार्थी र आफ्नो सट्टा अरुलाई पठाउनेलाई किर्ते गरेको आरोपमा आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.