सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

साउन १७, २०७८ आइतबार ,काठमाण्डाै – कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको हो । आज सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज यथावत रहेको छ । शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटबढ नभएको महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.