अगस्ट ५ देखि यूएई जान गर्नुपर्छ यी प्रक्रिया

साउन २०, २०७८ बुधबार ,काठमाण्डौ – यूएईको आवासीय भिसा भएकाहरूको लागि यूएई सरकारले अगस्ट ५ देखि प्रवेश खुला गरेको छ । विभिन्न मापदण्ड र वर्ग छुट्टाएर यूएईले अगस्ट ५ देखि प्रवेश अनुमति दिने निर्णय गरेको हो ।
कस्ता व्यक्ति यूएई जान पाउछन् ?
यूएई प्रवेश गर्नका लागि यूएईको आवासीय भिसा भएका र यूएईमा कोरोना विरुद्धको दुवै मात्रा खोप लगाई त्यसको प्रमाणपत्र लिएको हुनुपर्छ । आवासीय भिसा भएका तर खोप नलगाएका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूलाई पनि यूएईले प्रवेश अनुमति दिने भएको छ । यूएईको आवासीय भिसा भएका तर खोप नलगाएका यूएईको सरकारी निकायमा कार्यरत व्यक्तिहरू, यूएईमा कार्यरत स्वास्थ्यकर्मी, यूएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षकहरू, यूएईमा उपचार चलिरहेका व्यक्ति र विशेष मानवीय परिस्थिति भएका व्यक्तिहरूलाई प्रवेश अनुमति दिनेछ ।

यूएई प्रवेशका लागि गर्नुपर्ने प्रक्रिया
सबैभन्दा पहिला त यूएईको सम्बन्धित निकायमा अनलाइनबाटै यूएई प्रवेशका लागि अनुमति लिनुपर्छ ।

अनुमति लिन यहाँ क्लिक गर्नुहोस्
४८ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ । नेपालको विमानस्थलमा र्‍यापीड टेस्ट हुनेछ भने यूएईको विमानस्थलमा अवतरण भए पछि पनि पीसीआर परीक्षण हुनेछ । क्वरेण्टीन लगायतका यूएई सरकारले तोकेको अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.