खोपलाई व्यवस्थित बनाउन खोप केन्द्र र स्वास्थ्यकर्मी बढाउँदै लैजाने -स्वास्थ्य मन्त्रालय

साउन २४, २०७८ काठमाण्डौ – खोप आयात बढेसँगै सरकारले १८ वर्ष माथिका सबैलाई खोप दिने लक्ष्यअनुसार खोप केन्द्र बढाउँदै लैजाने भएको छ । यसले खोप केन्द्रमा देखिएको भीड व्यवस्थित गर्न सहयोग पुग्ने छ । खोप अभियानलाई व्यवस्थित गर्नकै लागि मन्त्रालयले अनलाइनमार्फत नाम दर्ता गर्न पनि थालेको छ ।

यस्तै, खोपलाई कार्यक्रमलाई प्रभावकारी ढङ्गले चलाउन केन्द्रसँगै स्वास्थ्यकर्मीको परिचालन पनि बढाउने तयारी भइरहेको स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । खोपको आयातलाई हेरे केन्द्र थप्दै जाने उहाँको भनाइ छ । तर, खोप केन्द्र र स्वास्थ्यकर्मी थपेर मात्रै समस्या समाधान नहुने भन्दै उहाँले आफ्नो पालोमा मात्रै खोप लगाउन आग्रह गर्नु भएको छ ।

स्वास्थ्य मन्त्रालयले भोलिदेखि कोभिसिल्डको दोस्रो मात्रा वितरण गर्ने जनाइसकेको छ । कोभिशिल्डको दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिइनेछ । हिजो जापानले उपलब्ध गराउने भनेको १६ लाखमध्ये ४ लाख डोज खोप काठमाण्डौ आइपुगेको छ । आज थप ४ लाख खोप आउने छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.