पाल्पामा एकैदिन अहिले सम्मकै उच्च २ सय जनामा कोरोना संक्रमण

नारायण न्यौपाने
पाल्पा, साउन ३१
पाल्पामा आज एकैदिन २०० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयले जनायको छ । यो संख्या कोरोना संक्रमण सुरु भएयताकै बढी हो । पछिल्लो २४ घण्टामा प्राप्त नतिजा अनुसार एन्टिजेन परीक्षणमा १९० जना र पिसिआर परीक्षणमा १० जना गरी २०० जना संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार १९ जनाको पिसिआर र ७४६ जनाको एन्टिजेन गरी ७६५ जनाको परीक्षणमा २०० जना संक्रमित थपिएका हुन् ।
संक्रमित मध्य महिला सबैभन्दा बढी १०९ जना छन । पाल्पामा अहिले ५०८ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् । जसमा ३ सय ६६ जना होम आइसोलेशनमा, २४ जना एचडियूमा, २९ जना आइसोलेशन सेन्टरहरुमा उपचार भइरहेको छ ।
एकैदिन २०० जनामा कोरोना संक्रमण देखियपनी यो औसत भन्दा बढि नभएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो सम्मको दर पनि २१ देखी २३ प्रतिशत हो, अहिले करिब २६ प्रतिशत हो, जाँचनै बढि भएका कारण संक्रमितको संङख्या धेरै देखिएको हो । आबस्यक निर्णय भोली सोमबार बस्ने डिसिसिएसीको बैठकले गर्नेछ ’।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.