दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले बनायो २ सय १२ रन

भदौ ५, २०७८ शनिबार काठमाण्डाै – पाकिस्तान र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले २ सय १२ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनमा ४ विकेटको क्षतिमा २ सय १२ रन बनाएको हो । तीन ओभरमा तीन विकेट गुमाएर खराब सुरुवात गरेको पाकिस्तानका लागि बाबर आजम र फाओड आलमको १ सय ५८ रनको साझेदारीमा टिम सम्हालिँदै २ सय १२ रन बनाउन सफल भयो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ७५ रन बनाउँदै केमरोजको बलमा क्याचआउट भए भने फरवार्ड आलमले ७६ रन बनाएर घाइते भए पछि मैदानबाट बाहिरिए । त्यसपछि मैदान सम्हाल्न आएका माेहम्मत रिजवानले नटआउट २२ रन र फहिम असरफ २३ रन बनाउँदै क्रिजमा रहेर पहिलो दिनको खेल समाप्त भएको छ ।

पहिलो टेस्ट क्रिकेट वेस्ट इन्डिजले एक विकेटले जितेको थियो । चार खेलको टी–ट्वान्टी र दुई खेलको टेस्ट श्रृङ्खलाका लागि पाकिस्तान वेस्ट इन्डिजको भ्रमणमा छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.