धान रोप्न तयार पारिएको खेत जस्तै वालिङ हुवास सडकको हालत (भिडियो सहित)

भदौ ५ । स्थलगत अवलोकन पछि पाल्पाबाट नारायण न्यौपाने । ‘शुक्रवार बिहान वालिङ हुवास सडकको बायँखोलामा फसेको ट्रक बेलुकी अबेर सम्म निस्किन सकेन, यसका कारण जाम भएको बाटोमा १ सय बढि सवारीको लाइन थियो, हजारौँ यात्रुको बिचल्ली भयो । हलुका सवारी आवत जावत गर्न कठिन छ, दुइ पाङरे सवारी हिलोमा सिट सम्म डुब्छन । कहिँ ओर्लियर हिडौँ भन्नका लागि ओभानो टेक्ने ठाउँ छैन । हिलोको दलदलमा पाइला चाल्न सकिदैन ।’

मुख्य सडक सिद्वार्थ राजमार्गसंग जोडिने वालिङ हुवास सडक खण्डको अधिकाँस भाग यात्रा गर्नै नसक्ने गरी बिग्रिएको छ । बिना मापदण्ड बिस्तार गरिएको सहायक बाटोका कारण खसेको पहिरो र अब्यबस्थित स्तर उन्नतिले वालिङ हुवास सडकखण्ड ध्वस्त भएको छ । सडकको हालत धानको बिउ रोप्न तयार पारिएको खेत जस्तै छ । बिग्रिएको भाग वालिङ नगरपालिकामा पर्छ । सडक राम्रो नहँुदा पवर्तको पैयू, बिहादी र महाशिला गाउँपालिकाका जनताले शास्ति बेहोर्नु परेको छ ।

पैँयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले आफुँहरुले पटक पटक सडक सफा गर्ने काम गरेको बताएका छन । उनले भने, ‘हाम्रो तर्फको बाटो ठिक छ, उता वालिङ नगरपालिकामा पर्ने बाटोमा समस्या छ, मैले मेयरसापलाइ भनेको छु, उहाँले केही न केहि गर्छु भन्नुभयको छ, यो बाटोका कारण हाम्रा जनताले दुख पायको कुरा मैले बुझेको छु । मेरो तर्फबाट प्रयास पनि गरेको छु ।’ वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँणले भौतिक पुर्वाधार कार्यालय स्याङजाले आफुले काम पनि नगर्ने र नगरपालिकालाइ काम गर्न पनि नदिएका कारण समस्या भएको बतायका छन । ‘उनिहरु मातहतको सडक हो, ठेक्का भैसकेको छ, हामिले बजेट बिनियोजन गर्दा बेरुजु आउँछ, काम नगर्दा जनताले नगरपालिकाले गरेन भन्ने परिरहेको छ’ खाँणले भने, ‘हामिलाइ निर्णय गरेर काम गर्न दिने हो भने, भोलिबाटै काम शुरु गर्छौँ, त्यो सडक हाम्रा लागि महत्वपुर्ण छ ।’ भौतिक पुर्वाधार कार्यालय स्याङजाका प्रमुख लक्ष्मी प्रसाद भण्डारीले सो सडकका लागि बिनियोजन भएको बजेटमा काम भैसकेको बताएका छन । स्तर उन्नतीका लागि आफ्नो कार्यालयमा कुनै जिम्बेवारी नआएको उनले बताए ।
हेर्नुहोस् भिडियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.