प्रियंका भुजेल मृत्यु प्रकरण : दुई जना सार्वजनिक

भदौ ८, २०७८ मंगलबार ,सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका –१७ रानीगंज घर भएकी १४ वर्षीया किशोरी प्रियंका भुजेलको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । १४ वर्षीया किशोरीलाई बलात्कारपछि हत्या गर्ने स्थानीयवासी १९ वर्षीय कृष्ण साह र १९ वर्षीय अनिश दाहाललाई प्रहरीले सार्वजनिक गरेको हो ।

दाहाल र साहले गएकाे साउन ३१ गते राति कालिञ्जोर खोलामा किशोरीलाई सामूहिक बलात्कार गरी हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।

साउन ३१ गते राति साढे ११ बजेदेखि घरबाटै हराएकी प्रियंका भुजेलको शव भदौ १ गते राति लालबन्दी ६ कालिञ्जाेर खोलाको बगरमा गाडेर राखेको अवस्थामा फेला परेको थियो । किशोरीका बाबु राजेश भुजेलले साउन ३२ गते छोरीको खोजी गरिदिन इलाका प्रहरी कार्यालय लालबन्दी उजुरी दिनुभएको थियो ।

घटनाबारे उजुरी दिएको दुई दिनपछि प्रहरीले घटना संलग्न भएको आशङ्कामा गाउँका दुई युवालाई पक्राउ गरी बयान लिएपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुवैसँग प्रहरीले गराएको बयानमा भुजेललाई साउन ३१ गते राति साढे ११ बजे भेट्न गएको स्वीकार गर्दै आफूहरूले किशोरीलाई लिएर भागेको र घर जान नमानेपछि हत्या गरेको बताएका छन् । घरबाट भागेर जङ्गलमा पुगेका युवाले किशोरीलाई घाँटी थिची हत्या गरेकाे स्वीकार गरेका छन् । हत्यापछि उनीहरूले किशोरीको शव खोलाको बगरमा पुरेका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.