घरले चापेँर पाल्पामा एक बालिकाको मृत्यू ,ठाउँ ठाउँमा गएको पहिरोले राजमार्ग अबरुद्द

नारायण न्यौपाने/ पाल्पा, भदौ १३
अविरल बर्षाका कारण पहिरोले घर पुरिदा पाल्पामा एक बालिकाको मृतयू भएको छ । तानसेन नगरपालिका–कैलाश नगरमा पहिरोले घर पुरिँदा १० वर्षीया नैना दर्जीको ज्यान भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपि रामेश्वर त्वातीले बताए । गयराती ३ बजे स्थानीय नारायण दर्जीको घर पहिरोले पुर्दा उनकी छोरी नैनाको मृत्यू भएको हो ।

वर्षात्कै कारण बुटवल पोखरा अन्र्तगतको सिद्धार्थ राजमार्ग आज बिहानैबाट पुर्ण रुपमा अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत जोरधारा, सिद्दबाबा, सिसुवा, हिँउदेखोला, केराबारी तानसेन नगरपालिका ७ बर्तुङ, धैरेनी, सेरा, सिता पहाड लगायतका स्थानमा पहिरो खसेको छ । पानी परिरहेकोले पहिरो पन्छाउने काम प्रभावित भएको डिएसपि त्वातीले बताए । त्यस्तै तानसेन–रिडी सडक खण्ड अन्तरगत तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले सडक अबरुद्ध भएको छ । पहिरोका कारण सदरमुकाम तानसेनबाट जोडिने स्थानीय अधिकांश ग्रामीण सडकहरु बन्द भएका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.