३ दिन देखी अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन

नारायण न्यौपाने,पाल्पा, भदौ १४/अविरल बर्षाका कारण ठाउँठाउँमा गएको पहिरोले शनिवार देखी अवरुद्ध सिद्धाथ राजमार्ग अझै खुलेको छैन । राजमार्ग अन्तरगत पाल्पाको जोरधारा, सिद्दबाबा, सिसुवा, हिँउदेखोला, केराबारी तानसेन नगरपालिका ७ बर्तुङ, धैरेनी, सेरा, सिता पहाड लगायतका स्थानमा पहिरो खसेको छ ।

पानी बसेपछी अहिले पहिरो फाल्ने काम भने भैरहेको प्रहरीले जनाएको छ । सडक अबरूद्ध हुँदा सयौँ सवारीसाधन अलपत्र परेका छन् । यात्रु पनि गन्तव्यमा पुग्न सकेका छैनन् । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीका अनुसार अब पहिरो नझरे बेलुकी अबेर सम्म राजमार्ग सुचारु हुनेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.