नेपालले अंग्रेजलाइ पराजय गरेको उल्लासमा पाल्पामा २०३ औँ भगवती जात्रा मनाइदै

नारायण न्यौपाने/पाल्पा, भदौ १५/नेपालले अंग्रेजलाइ पराजय गरेको उल्लासमा आज पाल्पामा भगवती जात्रा (रथयात्रा) मनाइदै छ । पाल्पामा हरेक वर्ष कृष्णजन्माष्टीको भोलि पल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ । यो वर्ष कोरोना महामारीका कारण भव्य रथयात्रा नहुने भएको छ । परम्परा धान्नका लागि मन्दिरभित्रै मात्र पूजा गरिने तयारी गरिएको छ भने भीडभाड हुने भएकाले सर्वसाधारणलाइ पूजा गर्न निषेध गरिएको छ । रथलाइ ३ पटक मन्दिर परिक्रमा गराउने र नेपाली सेनाले सलामी दिने कार्यक्रम मात्रै तय गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले बताए ।

अघिल्लो वर्ष पनी कोरोना महामारी कारण परम्पराको निरन्तरताका लागि भगवती जात्रा मनाइएको थियो । शुरुवात देखीनै भगवतीको रथ तानसेन बजारका विभिन्न स्थानमा करिब ४ घण्टा परिक्रमा गराइन्थ्यो । बजारबासीले घर घरबाट पुजा दिने गर्दथे ।

वि.स. १८७१ देखि १८७२ सम्मको अङ्ग्रेजसँगको युद्वमा नेपाली सेनाले जीतगढी किल्ला विजय गरेको थियो । यही किल्ला जितेको सम्झनामा बि.स १८७७ देखि तानसेनमा भगवती जात्रा विजयउत्सवको रुपमा मनाइँदै आएको छ । भगवती जात्राको एतिहासिक र विशेष महत्व रहेको भन्दै लुम्वनी प्रदेश सरकारले रथयात्राका दिन सार्वजनिक बिदा घोषणा गरेको छ । लुम्विनी प्रदेश सरकारले प्रकाशित गरेको पर्व एवं विदा उल्लेख गरिएको राजपत्रमा भगवती जात्राका दिन पाल्पामा सार्वजनिक विदा दिने उल्लेख छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.