कर्णालीमा एमालेका तीन सांसदले राेजे एकीकृत समाजवादी पार्टी

भदौ १६, २०७८ बुधबार ,सुर्खेत – कर्णाली प्रदेशमा एमालेका तीन सांसदले एकीकृत समाजवादी पार्टी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदमबहादुर रोकाया र रुकुम पश्चिमका देवी वलीले एकीकृत समाजवादी पार्टी रोजेका हुन् । आज बुधवार जिल्ला निर्वाचन कार्यालयमा गएर तीनै जनाले सनाखत गरेका छन् ।

कर्णाली प्रदेशमा एमालेका २० जना प्रदेश सभा सदस्यमध्ये नेपाल समूहका चार जना ‘फ्लोर क्रस’ गर्दा कारबाहीमा परेका थिए । प्रकाश ज्वाला, अम्मरबहादुर शाही, कुर्मराज शाही र नन्दसिंह बुढाले माओवादी केन्द्र सरकारलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण कारबाहीमा परेपछि प्रदेश सभा सदस्य पद गुमेको थियो । १६ जनामध्ये तीन जनाले एकीकृत समाजवादी रोजेपछि अब कर्णालीमा एमालेका सभामुखसहित १३ प्रदेश सभा सदस्य रहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.