कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने

भदौ १६, २०७८ बुधबार ,काठमाण्डाै – कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने पनि उहाँले बताउनुभयो । यसअघि गएकाे जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो । कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.