रिब्दिकोटमा कृषि अभियान

नारायण न्यौपाने/पाल्पा, भदौ १७/ कृषिमा आफ्ना जनतालाइ ब्यावसायिक बनाउने उद्वेश्यले रिब्दिकोट गाउँपालिका पाल्पाले किशानलाइ खुर्सानी र कुरीलो खेतीको बिषयमा तालिम प्रदान गर्न शुरु गरेको छ । गाउँपालिकाले अभियान स्वरुप प्रत्येक वडामा १ दिन तालिम सञ्चालन गर्नेछ । अभियान रिब्दिकोट कृषी तथा उद्यमशिलता बिकाश परियोजना अन्तर्गत शुरु गरिएको हो । अकबरे खुर्सानी र कुरिलो खेतीमा इच्छुक कृषक तालिममा सहभागी भएका गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।

आधुनिक तरिकाबाट कृषि नगर्दा मेहनत धेरै गरेपनी प्रतिफल प्राप्त नहुने हुँदा किशानहरु चिन्तित थिए । तालिम पछि उत्पादनमा बृद्वि हुने र ब्याबसाय राम्रो हुने तालिममा सहभागी रिब्दिकोट १ ख्याहाका किशानहरुको भनाइ छ । तालिममा सहभागीहरु मध्य छनौट गरेर ब्याबसाय गर्न इच्छुकलाइ गाउँपालिकाले थप प्राविधिक सहयोग गर्ने योजना बनाएको छ ।

तालिमको सहजिकरण रिब्दिकोट कृषी तथा उद्यमशिलता बिकाश परियोजनाका संयोजक शुसिल कुँवर, कृषक जनक आचार्य र कृषि जानकार सुदिप कंडेलले गर्नु भयको छ ।

तालिममा जमिनको छनोट, सम्भावित रोग र निराकरणका उपाय, लागत, बजारिकरण लगायतका बिषयमा सहभागीले जानकारी लिएका छन । बन्यजन्तुबाट पनि सुरक्षित हुने खुर्सानी र कुरीलोको बजार मुल्य पनि राम्रो भएका कारण गाउँपालिकाले यसबाट धेरै किषानहरु ब्याबसायिक बन्ने बिश्वास गरेको छ ।
कार्यक्रममा वडा न १ का अध्यक्ष बिष्णु गैरेले यस्ता तालिमले वास्तविक किशानको जिवनलाइ ब्याबसायिक बनाउने बताउनुभयो । कार्यक्रम गाउँपालिकाका कर्मचारी शिव जिसीले सञ्चालन गर्नुभएको छ

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.