श्रीनगर साँस्कृतिक डवली निर्माण अन्तीम चरणमा

सुमन कार्की
पाल्पा १७ भाद्र
पाल्पाको तानसेनमा लुम्वीनी प्रदेश सरकारको प्रर्यटन तथा वन वातावरण मन्त्रालयको सहयोगमा श्रीनगर सांस्कृतिक डवली निर्माण गरिएको छ । प्रदेश सरकाले एक जिल्ला एक प्रर्यटन गन्तव्य वनाउने उदेश्यका साथ अगाडी वढाइएको सांस्कृतिक डवली निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
पाल्पा आउने पर्यटकहरुको लागी लक्षित गरी वनाएको यो श्रीनगर सांस्कृति डवलीले पर्यटकहरुको लागी एउटा थप नमुना आर्कषक स्थलको रुपमा हुने छ । प्रतिष्ठा कन्स्ट््रक्सन कम्पनी प्रा.लि काठमाण्ठौले ६ करोड ८२ लाख ५६ हजारमा श्रीनगर सास्कृतिक डबली निर्माणको जिम्मा लिएको हो । श्रीनगर सांस्कृति डवलीमा खुल्ला मञ्च, नाचघर, आकर्षक फुलवारी लगाएतका संस्कृतिक झल्कीने स्टललहरु रहने र वरीपरी हरियाली बगैचा रहने गरि निमार्ण गरिएको निमार्ण कम्पनीले जनाएको छ ।
पछिल्लो समय लकडाउनले काममा केही वाधा पुर्याएपनि असार ३ गते सम्पन्न हुनु पर्नेमा ६ महिनाको म्याद थपगरि तिव्ररुपमा काम अगी वढेको छ । हाल सम्म ८० प्रतिशत वढि काम सक्कीसकेको र आबश्यक स्टक्चर सवैवनिसकेकोले अवको केही महिनामा श्रीनगर सास्कृतिक डवली तयार भई हस्तान्तरण गरिने प्रतिष्ठा कन्स्ट््रक्सन कम्पनी प्रा.लिका पेटी ठेक्दार दिपक वहादुर पालले जानकारी दिनुभयो ।
तानसेन नगरका नगर प्रमुख अशोक कुमार शाहीले श्रीनगर सास्कृतिक डवली नेपालकै एउटा नमुना पर्यटकीय स्थलको रुपमा रहने र तानसेन नगरको लागी गौरवको कुरा भएको वताउदै यसले कला संस्कृतिको जर्गेना गर्दे तानसेनमा आन्तरीक तथा वाह्य पर्यटक भित्राउन समेत टेवा पुर्याउने जानकारी गराउनु भयो ।
पाल्पाको कला सस्कृतिहरुलाइ जर्गेना गदै वाहिरी तथा आन्तरीक पर्यटकलाई मनोरञ्जन दिने उदेश्यले पाल्पाको तानसेनमा प्रदेश स्तरीय संस्कृतिक डवली निर्माण गरिएको हो । यो नेपाल भरिमा पाल्पा, नुवाकोट र दाङमा निर्माण भईरहेको छ । पाल्पामा निमार्ण भएको साँस्कृतिक डवली ४०० सय देखी ५०० सम्म दर्शक अटाउने खुल्ला डवली मञ्च हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.