पहिरो हटाउन दुई रात साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द हुने

सुमन कार्की
भाद्र १७ पाल्पा
सिद्धार्थ राजमार्ग विहीवार साँझ (आज) ७ बजेदेखि शुक्रवार बिहान ६ बजेसम्म र पुन शुक्रबार साँझ ७ बजेदेखि शनिवार बिहान ५ बजेसम्म बाटो वाटो बन्द हुने भएको छ ।
सिद्धार्थ राजमार्गमा खसेको पहिरो हटाउन बाटो बन्द गर्नुपर्ने सडक डिभिजन कार्यालयबाट अनुरोध भई आएकाले पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्र. पाण्डेको अध्यक्षतामा बैठक बसी निर्णय गरिएको हो ।
२ रातको लागी एम्बुलेन्स बाहेक अन्य सवारीसाधन संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
गतहप्ता तानसेन नगरपालिका वडा नं. ८, तल्लो डुम्रे क्षेत्रमा अविरल वर्षाका कारण ठुलो पहिरो गएको र सो पहिरो हटाउने काम अझैजारी रहेको कारणले गर्दा केही समय वाटो वन्द गरि पहिरो हटाउने काम गर्नु पर्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
उक्त क्षेत्रको पहिरो नहटाउदा थप क्षति हुन सक्ने भएकाले तत्काल पहिरो हटाउने र निर्वाधरुपमा गाढी संचालन गर्नकोलागी बाटो बन्द गर्नुपरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.