अमेरिकाकाे न्यु योर्कमा आएको बाढीमा परेर तीन जना नेपालीको ज्यान गयाे

भदौ १८, २०७८ शुक्रबार ,काठमाण्डाै – अमेरिकाको न्यु योर्कमा आएको बाढीमा परेर तीन जना नेपालीको ज्यान गएको छ । न्यु योर्कमा बस्दै आएका सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनबेसीका एकै परिवारका तीन जनाको ज्यान गएको युनाइटेड शेर्पा एसोसिएशन (यूएसए) ले जनाएको छ ।

बाढीका कारण आङ गेलु लामा, उहाँकी श्रीमती मिङ्मार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको ज्यान गएको हो एसोसिएशनले जनाएको छ ।

अमेरिकाको उत्तर–पूर्वी राज्यहरुमा आइडा आँधीका कारण आएको भीषण वर्षाका कारण बाढी आएको छ । बाढीका कारण न्यु योर्क र न्यु जर्सी सबैभन्दा धेरै प्रभावित भएका छन् । बाढीमा परेर अहिलेसम्म ४१ जनाको ज्यान गएको पुष्टि भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.