पहिरो हटाउन पाल्पा-बुटवल सडक खण्ड रातिमा बन्द

भदौ १७, २०७८ शुक्रबार ,पाल्पा – पहिरो हटाउन पाल्पा-बुटवल सडक खण्ड रातिमा बन्द गरिएको छ ।सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडक खण्डको तल्लो डुम्रेमा गएको पहिरो हटाउन हिजो बेलुका ७ बजेदेखि बन्द गरिएको सडक अघि बिहान ६ बजेदेखि खुलाइएको छ । यस्तै, आज पनि बेलुका ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म सडक बन्द गरिने छ ।

सडक डिभिजन कार्यालयको अनुरोधमा रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गरिएको जनाउँदै जिल्ला प्रशासन कार्यालय पाल्पाले एम्बुलेन्सबाहेक अन्य गाडी सञ्चालनमा रोक लगाइएको जनाएको छ । चार घरमा क्षति पुग्ने गरी केही दिन अघि झरेको पहिरोकाे कारण यस सडक खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.