जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याए सगै पाल्पालीमा खुशीयाली

सुमन कार्की
पाल्पा १८ भाद्र
जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएसगै पाल्पालीमा खुशीयाली छाएको छ । कोरोना संक्रमित तथा अन्य बिरामीको उपचारमा अक्सिजनको अभाव हुन नदिन जिल्ला अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो ।
गत २०७८ जेठ ४ गते संघीय सरकारले अक्सिजन प्लान्ट सञ्चालन गर्न एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट टेण्डर आवहान गरि एक करोड २८ लाखमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरेर जडान पछि प्लान्ट संचालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपछि अव कोरोनाको तेस्रो लहर आएता पनि जिल्ला भरिको लागी प्रशस्त मात्रामा अक्सिजन पुराउन सकिने वताउछन् । अवको दिन देखि पाल्पा जिल्लामा कोही कुनै पनि विरामी अक्सिजनको अभावमा अकालमा मृत्यूवरण गर्नु नपर्ने समेत पाण्डेको भनाई छ । पाण्डेले अक्सिजन उत्पादन सुरुभए सगै अव जिल्लाभरिका उद्योगहरु तथा विरामीहरु जो घरमै वसेर अक्सिजन प्रयोग गरेका छन् उनीहरुलाइ समेत न्यून शुल्कमा अक्सिजन दिने जानकारी दिए ।
अक्सिजन उत्पादन गर्ने उपकरण दुई महिनाअघि नै पाल्पा अस्पतालमा आइपुगेपनि उक्त उपकरण जडान गर्न केही समय ढिला भएको थियो ।
अक्सिजन प्लान्ट जडानका लागि आएका इन्जिनियर देवेन्द्र श्रेष्ठले जडान गरिएको अक्सिजन प्लान्टको क्षमता प्रति मिनेट ४२० लिटर उत्पादन गर्ने भएता पनि वुष्टरको क्षमता कम भएको कारण प्रति २० मिनेटमा एउटा सिलन्डिर भरिने वताए । श्रेष्ठले अहिले दैनिक ५० सिलिण्डर भर्न सकिने छ भने आवश्यक परेको बेलामा केही उपकरण थप गरेर दैनिक १ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने जानकारी दिएका छन् ।
जिल्लामै अक्सिजन प्लान्ट संचालनमा आएपछि जिल्लाभित्रका विभिन्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन समेत वितरण गर्न सकिनेछ । पाल्पा अस्पलताललाई कोरोना महामारीको बेला दैनिक १५ सिलिण्डर आवश्यक थियो ।
अहिले अवस्था सहज भएको कारण दैनिक ३/४ सिलिण्डर आवश्यक हुने पाल्पा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. जगदीश कुँवरले जानकारी दिदै अक्सिजन अन्य अस्पतालहरुलाई समेत मागबमोजिम दिन सकिने जानकारी गराए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.