बलात्कार गरेको आरोपमा पाल्पाका एक युवक पक्राउ

पाल्पा, १९ भाद्र
जिल्ला पहरी कार्यालय पाल्पाद्धारा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेको छ । रिब्दीकोट गाउँपालिका–६ ठिमुरेका हरि भनिने २५ वर्षीय हर्क बहादुर वि.क.लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डि.एस.पी. रामेश्वर त्वातीले जानकारी गराउनु भयो ।
तिनाउ गाउँपालिकाकी एक बालिकालाई वि.क.ले गत असार १५ मा बलात्कार गरेको आरोप छ । मदिराले पिएर वि.क.ले बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
केही दिनअघि ती बालिकालाई पेट दुखेपछि स्वास्थ्य संस्थामा पुगेर परीक्षण गर्दा गर्भवती भएको थाहा पाइएको र त्यसपछि घटनाबारे थाहा भएको डि.एस.पी त्वातीले जनाए ।
आफन्तको डरले ती बालिकाले आफूमाथि बलात्कार घटना भएको कुरो लुकाएकी थिइन्। पेट दुखेपछि आफन्तसँगै उनी उपचार गर्न स्वास्थ्य संस्थामा पुुगेको र त्यही क्रममा उनीमाथि भएको बलत्कारको घटना बाहिरिएको त्वातीले बताए।
ती बालिका आफन्तको घरमा बस्दै आएकी थिइन् । डाक्टरको सल्लाहवमोजिम नै बालिकाका आफन्त प्रहरीमा उजुरी दिन पुगेका थिए । जबरजस्ती करणी मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.