नेपालले ८२ रन बनाउँदा ७ खेलाडी आउट

भदौ २२, २०७८ मंगलबार ,काठमाण्डाै – पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय खेलमा नेपालले खराब प्रदर्शन गरिरहेको छ । पीएनजीले दिएको एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले २८ ओभरको खेल सकिँदा सात विकेट गुमाएर ८२ रन बनाएको हो ।

पहिलो विकेट ४६ रनमा गुमाएको नेपालले त्यसपछि ३६ रन जोड्दा ६ विकेट गुमाएको हो । नेपालका आसिफ शेखले ३० र कुशल भुर्तेल १५ रनमा आउट भए । त्यस्तै ज्ञानेन्द्र मल्ल ६, आरिफ शेख ९, शरद भेषवाकर ६, कुलशल मल्ल १ र पवन शर्राफ शून्य रनमा आउट भए ।

यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए । नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.