थप १ हजार ६ सय ७७ जनामा काेराेना सङ्क्रमण, २ हजार ७२ जना निकाे

भदौ २२, २०७८ मंगलबार ,काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ३४ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ११ दशमलव १५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५७ हजार आठ सय ९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ७२ जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ३१ हजार पुगेको छ ।

यही अवधिमा थप २१ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय ७९ जना पुगेको छ । अहिले नेपालमा तीस हजार तीन सय तीन जना सक्रिय सङ्क्रमित रहेकामा पाँच सय १४ जनाको आईसीयू र एक सय ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८० हजार चार सय जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । योसहित कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको सङ्ख्या ५० लाख १२ हजार आठ सय २१ जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ५६ लाख तीन हजार सात सय ५७ जना पुगेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.