शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्ष पोखरेलको निधन

पाल्पा, भदौ २३/नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष बिष्णु पोखरेलको आज बिहान मृत्यू भएको छ । ५६ वर्षीय पोखरेललाइ स्वास्थ्यमा समस्या देखिएपछि युनाइटेड मिशन अस्पताल पाल्पा पुर्याउँदै गर्दा मृत्यु भएको हो ।

पाल्पाको पद्म पब्लिक नमूना माध्यमिक विद्यालय, तानसेनका सहायक प्रधानाध्यामक समेत रहेका पोखरेलमा विगत ७ दिनदेखी स्वास्थ्यमा समस्या देखिएको परिवारले जनाएको छ । हृदयघातका कारण उनको निधन भएको बताइएको छ । ताप्लेजुङ जिल्लामा जन्मिएका पोखरेलको स्थायी बसोबास झापाको पृथिनगर नगरपालिकामा रहेको छ ।

२०२३ असार ४ गते जन्मिएका पोखरेल २०४४ सालदेखी अस्थायी शिक्षण सेवामा रहि २०६० सालमा स्थायी भएका थिए । पोखरेलका दुइ छोरा र श्रीमति छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.