प्रतिनिधि सभाको बैठक नेकपा एमालेलेद्धारा अवरोध

काठमाण्डौ –भाद्र २३
आज सुरुभएको प्रतिनिधि सभाको बैठक नेकपा एमालेले अवरोध गरेको छ । एमालेले कारवाही गरेका १४ जना सांसदलाई हटाउनुपर्नेमा सभामुखले अहिले सम्म पनि पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै बैठकलाई अवरोध गरेका हुन् ।
नेकपा एमालेका सचेतक विशाल भट्टराईले एमाले फुटाउने मनसायका साथ संसद अधिवेसन अन्त्य गरेर अध्यादेश ल्याएकोमा आपत्ति जनाएका छन् । भट्टराईले सभामुखले माओवादी केन्द्रले सांसद हटाउँदा तत्कालै पदमुक्तको सूचना दिइहाल्ने तर नेकपा एमालेले आफ्ना १४ जना सांसद हटाउँदा अहिले सम्म पनि वास्ता नगरेको भन्दै विरोध जनाएका हुन् ।
अहिले सदनमा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.