पाल्पाको निषेधाज्ञालाई भाद्र २५ गते देखि हटाइने भएको छ

सुमन कार्की
भाद्र २३ पाल्पा
गत बैशाख १७ गते राती १२ वजे देखि जारी रहेको पाल्पाको निषेधाज्ञालाई भाद्र २५ गते देखि हटाइने भएको छ । यसअघि विहान ७ देखि ५ बजेसम्म संचालन भएको उद्योग, पेशा व्यवसायहरुमा लगाइएको सीमा हटाईने भएको हो ।
जिल्लामा मठ, मन्दिर, सभा सम्मेलन लगायतका भीडभाड जन्य गतिविधि बाहेकका अन्य सबै क्षेत्रहरु सुचारु गर्ने निर्णय भएको छ । आज वसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैंठकले उक्त निर्णय गरेको हो ।
विद्यालय संचालनको लागि स्थानीय तहलार्ई जिम्मा दिएको र स्मार्ट लकडाउनको कार्यविधि अनुसार विद्यालय चलाउन सक्ने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार अब सबैप्रकारका सेवाहरु तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्ने गरी खुलाउने निर्णय भएको छ ।
यस अघि अत्यावश्यक बाहेक पेशा व्यवसायहरु विहान ७ वजे देखि दिउँसो ५ बजेसम्म मात्र संचालन हुँदै आएकोमा अर्को व्यवस्था नहुँदा सम्मको लागि सबैक्षेत्रमा खुकुलो बनाउने निर्णय भएको डिसिसीएमसीले गरेको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.