ड्रिम क्लवद्धारा आयोजित व्याटमिन्टल प्रतियोगीता सम्पन्न

सुमन कार्की
भाद्र २४ पाल्पा
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसर पारेर तानसेन १ नमुना भिलेजमा खुल्ला व्याटमिन्टन प्रतियोगीता सम्पन्न भएको छ ।
ड्रि«स क्लव नमुना भिलेजले आयोजना गरेको डवल व्याटमिन्टल प्रतियोगीतामा तानसेन वर्तुङ्गका अमिर मास्की राना र प्रकाश शेरचनले प्रथम स्थान हासिल गरेका छन् । भने वाँस्टारीका प्रदिप राना र सुदिप खड्कीले द्वितिय स्थान हासिल गरेका हुन भने तितृय स्थानमा आयोजक टिमवाट मदन सारु र नविन गाहाले हासिल गरेको कार्यक्रम संयोजक विजय बम्डेलले जानकारी दिनु भयो ।
हिजो देखि खेल सुरुभएको व्याटमिन्टन प्रितियोगीतामा जिल्ला भरिवाट १७ समूहले सहभागी रहेको थियो । खेलको रेफ्रीको भूमिका नविन गाहाले गर्नु भएको हो भने लाइन्स म्यानको रुपमा विकाश,पृतम,उज्वल र गोमुले गर्नुभएको थियो ।
प्रतियोगीतामा वेष्ट प्लेयरको रुपमा तेजेन्द्र वहादुर र्दलामी र टीका बुच्चाले मेडल प्राप्त गर्नु भएको क्लवका अध्यक्ष मदन सारुले जानकारी दिनु भयो ।
प्रथम ,द्वितिय र तृतीयालाई नगद,मेडल र खादाले सम्मान गरिएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.