कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाश शर्माकाे घाेषणा

भदौ २४, २०७८ बिहिबार ,काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ ।

वीपी स्मृति दिवसको अवसरमा आज बिहीवार काठमाण्डौको सुन्दरीजल पुग्नुभएका शर्माले महामन्त्रीमा उम्मेदवारीकाे घोषणा गर्नुभएको हो । यसअघि कांग्रेसका नेता गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमा उठ्ने बताइसक्नु भएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि अहिले वडा अधिवेशन चलिरहेको छ । महाधिवेशन मङ्सिर ९ देखि १३ सम्म काठमाण्डौमा हुँदैछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.