पाल्पामा पनि घट्यो तिजको चहलपहल

सुमन कार्की/भाद्र २४ पाल्पा/हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्व आज देश तथा विदेशमा विभिन्न कार्यक्रम, नाचगान, ब्रत सहित मनाइएको छ । महिलाहरुको महान पर्वको रुपमा रहेको तीजको नाँचगानमा अहिलेको वर्ष कम भयो ।

विगतको तुलनामा यस पटक पाल्पा सहित देशभरका शक्तिपीठ तथा देवालयहरुमा दर्शनको लागी महिलाहरुको उपस्थिती कम भयो । कोरोना कहरका कारण घरपरिवार भित्रै रमाइलो गरेर तीज मनाइएको छ ।

बिगतमा पाल्पाको भैरव मन्दिर ब्याबस्थापन समितीले तिजको अवसरमा कार्यक्रमनै गर्ने गरेको सम्झिदै समितिका अध्यक्ष तुल वहादुर अधिकारीले कोरोनाको जोखिम र त्यस क्षेत्रका कतिपय स्थानियको मृत्यूका कारण तिजमा उत्साह नभएको बताउनुभयो ।
तानसेनको भगवती मन्दिर क्षेत्रमा पनि विगतमा तिजको दिन विहानै देखि भिडभाड लाग्नुका साथै दिन भरि महिला दिदी बहिनीहरु समूह समूहमा आएर अनौपचारिक रुपमा तिजको नाचगानमा सहभागी हुन्थे । यस पटक मन्दिर परिसर सुनसान बनेको भगवती गुठी व्यवस्थापन समितीका अध्यक्ष राजेश्वर उदयले वताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.