पाल्पामा नेकपा (एस)ले खिमानन्द पाण्डेय (कमल)को नेतृत्वमा १ सय २५ सदस्यीय जिल्ला कमिटि चयन

सुमन कार्की
पाल्पा २७ भाद्र
शनिवार पाल्पामा नेकपा (एस)ले खिमानन्द पाण्डेय (कमल)को नेतृत्वमा १ सय २५ सदस्यीय जिल्ला कमिटि बनेको छ । तानसेनमा भएको भेलाले खिमानन्द पाण्डेयलाई नेकपा (एस) जिल्ला कमिटीको अध्यक्ष चुनेको हो । पाण्डेय यसअघि नेकपा एमालेमा उपसचिव रहनुभएको थियो ।
त्यस्तै भेलाले कमिटिको उपाध्यक्षमा लुम्विनी प्रदेश सभाका सदस्य रमा घर्ती, सचिवमा मोहनलाल गैरे र उपसचिवमा कमल सेनलाई चयन गरेको छ । घर्ती, गैरे र सेन यस अघि एमालेका जिल्ला कमिटि सदस्य रहनुभएको थियो ।

यसअगी पाल्पामा एमाले फुटको खासै प्रभाव नपरे पनि एमालेका क्रियाशिल सदस्यहरू नेकपा एसको जिल्ला कमिटिमा भने परेका छन् ।
नेकपा समाजवादीले १ सय २५ सदस्यीय जिल्ला कमिटिमा ७५ सदस्यको नाम सार्वजनिक गरेको र बाँकी ५० जनाको नाम टुङ्ग्याउन बाँकी रहेको समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयले बताउनुभयो ।

संघीय सांसद सोमप्रसाद पाण्डेय, समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र लक्ष्मी गैरे लगाएतको सहभागितामा भेला सम्पन्न भएकोे थियो ।
फोटोः पदम गैरेको फेसबुकवाट

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.