न्यायधीश मीरा खड्काको एकल इजलासले एमाले सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश

भाद्र २७, काण्ठमाण्डौ
सर्वोच्च अदालतले नेकपा विभाजन भै नयाँ वनेको नेकपा एकीकृत समाजवादीमा जान चाहने एमाले सांसद सोम प्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
गत हप्ता सांसद सोम प्रसाद पाण्डे र शारदा भट्टले आफूहरु एकीकृत समाजवादीमा जान भनि नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका क्रममा निर्वाचन आयोगमा सनाखत गर्न पुगेका थिए तर निर्वाचन आयोगले सनाखत गर्न नमानेको भन्दै दुवैजनाले सर्वोच्चमा रिट दिएका थिए ।
उक्त रिटमा सुनुवाई गर्दै न्यायधीश मीरा खड्काको एकल इजलासले आयोग सहितका विपक्षीलाई भदौ २९ गते छलफलमा बोलाएको छ । भदौ २९ गते सम्म सांसद पाण्डे र भट्टलाई सांसद पदबाट कारबाही नगर्न पनि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.