पत्रकारमहासंघ पाल्पा शाखाले रु १ लाखको निःशुल्क विमा गर्दिएको छ

सुमन कार्की
पाल्पा २८ भाद्र
नेपाल पत्रकार महासंघ,पाल्पा शाखाले आफ्ना सवै सदस्य र कर्मचारीहरुको १० हजार बरावरको उपचार खर्च र रु १ लाख सम्मको निःशुल्क दुर्घटना विमा लागु गरिदिएको छ ।
आजवाट लागु हुने गरि १ जना पत्रकार वरावर रु १० हजार वरावरको उपचार खर्च र रु १ लाखको दुर्घटना विमा लागु गरेको पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रिखिराम रानाले ई–कुटुम्बलाई जानकारी दिनु भयो । पत्रकार महासंघ पाल्पा शाखामा ९९ जना आवद्ध सदस्यहरु छन् भने २ जना कर्मचारी रहेका छन् । माहासंघले निःशुल्क रुपमा विमा लागु गर्दिए सगै पाल्पाली पत्रकारहरु हौसीएका छन् ।
पत्रकारहरुको छाता संगठनको रुपमा पत्रकार महासंघ पाल्पा शाखा रहदै आएको छ । सदैव पत्रकारहरुको हकहितकोलागी लडी रहने र पत्रकारीता पेशालाई मर्यादित रुपमा अगाडी वढाउन माहासंघ सधै अगी सर्ने समेत महासंघका अध्यक्ष रानाले ई–कुटुम्ब संगको कुराकानीमा वताउनु भयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.