दिप सागरको पहिलो प्रस्तुतीमा पागल (तिम्रो यादमा) नामक लोक पप गीतको भिडियो वजारमा

सुमन कार्की
पाल्पा २८ भाद्र
दिप सागरको पहिलो प्रस्तुतीमा पागल (तिम्रो यादमा) नामक लोक पप गीतको भिडियो वजारमा सार्वजनिक भएको छ । पागल (तिम्रो यादमा) नामक गीतको भिडियो आशिका प्रोडक्सन युटुव मार्फत डिजिटल वजारमा आईतवार देखि आएको हो ।
पागल (तिम्रो यादमा)को भिडियोमा तानसेनको पर्यटकीय क्षेत्र श्रीनगर, गणेश मन्दिर,भगवती मन्दिर लगाएका स्थानहरुसमेत देख्न सकिन्छ । भिडीयोमा मुख्य अभिनयको रुपमा बुलवुल सारु, ईश्वर बस्याल र दिप सागरको सशक्त अभिनय देख्न सकिन्छ । गीतलाई भिडियो देखि युटुव सम्म ल्याउने सम्पूर्ण काम भने आशिका प्रोडक्सन पाल्पाले गरेको छ । गीतको निर्देशन पाल्पाका युवा हास्यँ कलाकारका रुपमा परिचित शंकर घिमिरे अर्थात पण्डित बाले गरेका हुन् । गीतको शब्द संगीत समेत गायक स्वयंम दिप सागरले नै गरेका हुन् । गीतको एरेन्ज र रेकडीङ्ग पाल्पाकै वन स्टुडियोमा गरिएको थियो ।
भिडियो अहिलेका युवा युवतीलक्षीत रहेको र सानैमा माया प्रेम गर्ने र छोड्ने गरि युवापिढीमा लक्षीत गरि सन्देश मुलक रुपमा गीतको माध्यमद्धारा भिडियोमा उतारिएको भिडियो निर्देशक शंकर घिमिरेको भनाई छ । युवा पिडी लक्षीत गीत र भिडियो वनेको हुनले पनि भिडियोलाई धेरै युवापिढीले मन पराइदिनु हुनेछ भन्ने आशावादी रहेको गीतका गायक दिप सागरको भनाई छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.