बुधबारदेखि सरकारी खर्च रोकिने

भदौ २९
काठमाण्डौ – प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ। भोलि बुधवारसम्म सरकारले प्रतिस्थापन विधेयक पास गर्नुपर्नेमा संसद् असोज ४ गतेसम्मका लागि स्थगित भएपछि सरकारलाई खर्च गर्ने बाटो बन्द भएको हो ।

सरकारले संसद् विघटन गरेपछि गएको जेठ १५ गते तत्कालीन अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट ल्याउनुभएको थियो, संसद् चलेको ६० दिनभित्र अध्यादेश पारित गर्नुपर्नेमा अर्थ मन्त्री जनार्दन शर्माले यही भदौको २५ गते प्रतिस्थापन विधेयक पेस गर्नुभएको थियो ।

विधेयक आज पास गर्नुपर्नेमा एमालेका सांसदले नाराबाजी गरेपछि संसद् बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । अब सरकार कानुनी हिसाबले खर्च गर्न नपाउने स्थितिमा पुगेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.