एमाले अध्यक्ष ओली रुपन्देही आउने भएपछि प्रदेशसभा बैठक फेरि पनि स्थगित

भदौ ३०,बुटवल-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रुपन्देहीमा पार्टीको कार्यक्रममा आउने भएपछि लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक फेरि पनि स्थगित भएको छ।
प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक पटक-पटक स्थगित भइरहेको छ ।
एमाले संसदीय दल अध्यक्ष ओली बुटवल आएपछि सोही कार्यक्रममा व्यस्त हुने जानकारी गराएपछि एक दिनलाई बैठक सारिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले बताए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.