आजदेखि कक्षा १२ को परीक्षा शुरू

भदौ ३०, काठमाडौ – कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि ३ लाख ७४ हजार ४ सय १३ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म हुनेछ ।

हरेक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले बताउनुभयो । उहाँका अनुसार परीक्षाका लागि तयार पारिएका प्रश्नपत्र इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा पठाइ सकिएको र बाँकी केन्द्रमा परीक्षा हुनु भन्दा आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाइने पौडेलले बताउनुभयो । कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीहरुलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू संक्रमित भएको प्रमाणसहित आफू परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था भएको उहाँले स्पष्ट पार्नु भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.