नेपाली काग्रेस तानसेन नगरपालिका वडा न.७ को कार्यालयको समुद्घाटन

सुमन कार्की
भाद्र ३० पाल्पा
नेपाली काग्रेस तानसेन नगरपालिका वडा न.७ को कार्यालयको
समुद्घाटन भएको छ । प्रमुख अतिथीको रुपमा रहनु भएका जिल्ला सभापति तथा प्रदेश सभा सदस्य माननीय वीरबहादुर रानाद्धारा रिवन काटेर मंगलवार कार्यालयको उद्घाटन गरिएको हो ।
समुद्घाटन कार्यक्रममा बोल्दै रानाले नवनिर्वाचित समितिलाई बधाई दिदै नेपाली काग्रेससको १४औं महाधिवेशनको वडा अधिवेशन सम्पन्न भएपछि वडा कार्यालय स्थापना गरेर सङ्गठनको काम चुस्त दुरुस्त बनाउने यो नेपालमै पहिलो नमुना कार्य भएको र यस प्रकारको काम सबैले सिक्नुपर्ने वताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसको नीति तथा सिद्धान्त मन पराएर ३२ जना सोही वडाका विभिन्न ब्यक्तिहरु पार्टी प्रवेश गर्दै जिल्ला सभापतिबाट पार्टी सदस्य्ता समेत लिएको नवनिर्वाचित वडा सभापति प्रदिप खनालले जानकारी दिनु भयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.