नेपाली सेनामा जागिर खुल्यो

भदौ,३१
नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि जागिर खुलाएको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । भर्ना छनोटका लागि आज (बिहीबारदेखि) असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने दोब्बर दस्तुर तिरे थप ७ दिन अर्थात असोज ७ गतेसम्म दरखास्त फाराम भर्न सकिने जंगी अड्डाले जनाएको छ । दरखास्त फाराम नेपाली सेनाबाट निःशुल्क उपलब्ध हुनेछ । फाराम नारायणहिटीस्थित नेपाल क्याभल्री उत्तरतर्फको खेल मैदानबाट वितरण गरिनेछ भने फाराम पेश पनि त्यहीँबाट गर्नुपर्नेछ । छनोट प्रक्रिया भर्ना छनोट निर्देशनालय, जंगी अड्डामै हुनेछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.