बोलेरो जीप रामेछापमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

भाद्र ३१ रामेछाप
काठमाडौं बाट ओखलढुंगा जाँदै गरेको बोलेरो जीप रामेछापमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आज बिहान मन्थली नगरपालिका वडा नम्बर–६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरी जनाएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु हुनुका साथै १ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको हो भने अर्का १ जनाको भने अहिले सम्म पहिचान खुलेको छैन् । घाइते हुनेमा अन्दाजी १० वर्षीय वालक पेम्बा शेर्पा छन् । उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.