पछिल्लो २४ घण्टामा जिल्लाभरि ३८ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा–३१ भाद्र,ईकुटुम्ब
पछिल्लो २४ घण्टामा जिल्लाभरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बिहिबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ३८ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रैनादेवी छहरा गाउँपालिकाका १३ जना, बगनासकाली गाउँपालिकाका १२ जना, तानसेन नगरपालिकाका ४ जना ,माथागढी गाउँपालिकाका ३ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना र रामपुर नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरि गरिएको परिक्षणबाट जम्मा १५८ जनाको कोरोना परीक्षण गरिएकोमा १९ जना पुरुष र १९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
बिहिबार ४० जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १३४ पुगेको छ ।
पछिल्लो समय पाल्पामा निषेधाज्ञा पनि हटाईएको छ भने यता जिल्लामा अझै पनि १११ जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.