आफैले पालेको सर्पले आफैलाई डस्छ, नेत्री रामकुमारी झाक्री

असोज २,काठमाडौं
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले माधव नेपाललाई अन्तिम समयमा धोका दिने र नेकपा एमालेमा फर्किएका नेतालाई जिम्मेवारी दिन नसक्ने बताएकी छन् ।
शनिबार सिन्धुलीमा आयोजित एक कार्यक्रममा उनले युद्धको मैदानबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताएकी छन् ।
युद्धमैदानबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसकिनुका साथै युद्धबाट भागेका युद्ध अपराधी जस्तालाई किमार्थ माफी गर्नु नहुने झाक्रीको भनाई रहेको छ । तर सरेन्डर गरे भने ढोका खोल्नुपर्छ भन्ने उनले तर्क गरेकी छन् ।
नेतृ झाँक्रीले विचार समूहका हिसाबले धेरै समयमा कन्फ्युजनमा राखेको र आफैले पालेको साँपले आफैलाई डसेको बताइन् ।
विगतमा माधवकुमार नेपाल निकट रहेका नेताहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,योगेश भट्टराई ,घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका हुन् ।
झाँक्रीले उनीहरुलाई भगौडा जर्नेलको संज्ञा दिँदै पुन कमान्डर मान्न नसकिने बताएकी हुन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.