चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर पृथ्वी फर्किए

असोज ३, २०७८ आइतबार ,काठमाण्डाै – चार जना अन्तरिक्ष पर्यटक आफ्नो अन्तरिक्ष यात्रा सकेर पृथ्वीमा फर्किएका छन् । उनीहरू चढेको स्पेस एक्स क्याप्सुल अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको बीबीसीले जनाएको छ । स्पेस एक्सको इनस्पिरेशन ४ मिसनअन्तर्गत पहिलो पटक साधारण नागरिकलाई अन्तरिक्षमा पठाइएको थियो । गएको बुधवार उनीहरु पृथ्वीबाट उडेका थिए

अर्बपति व्यवसायी जेयर्ड आइज्याकम्यानको नेतृत्वमा फिजिसिएन असिस्टेन्ट हेइले आर्सिनेउक्स, डाटा इञ्जिनियर क्रिस सेम्ब्रोस्की र जियोलोजिस्ट सियान प्रोक्टर अन्तरिक्षमा गएका थिए । अन्तरिक्ष पर्यटन बजारका लागि यो यात्रा कोशेढुङ्गा हुने मानिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.