राष्ट्रघाति एमसीसी संझौता खारेजीको विरुद्ध पाल्पामा जुलुस निकालियो

निराजन पौडेल
असोज ३ पाल्पा
राष्ट्रव्यापी रुपमा चर्चामा रहेको एमसीसी सम्झौता जुन सरकारले संसदबाट नै पारित गर्न लागेकोमा देश व्यापिरुपमा विरोध तथा आमसभा भइरहेको छ ।
यसै क्रममा आइतबार तानसेनमा पनि ४ दलको संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं भन्ने मूल नाराका साथ तानसेन नगर परिक्रमा गरेको हो ।
नगर परिक्रमा गर्दै जुलुसले एमसीसी चाहिदैन, देश बेच्न पाइदैन, राष्ट्रघाती निर्णय खारेज गर जस्ता नाराहरु लगाउदै टुडीखेलको मञ्चमा आई कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती भएको र कुनै पनि हालतमा यो सम्झौता पास गर्न नहुने बताउदै देश व्यापीरुपमा आम सर्वसाधरणले समेत दबाब दिन राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले आग्रह गरे । अमेरिका एमसीसीको नाममा मन्दविषको रुपमा नेपालमा भित्रिन खोजेको र सरकारले पनि एमसीसी पैसाको अभावमा ल्यान लागेको समेत दर्लामीले बताए ।

कार्यक्रममा प्रमूख अतिथि अनिल किशोर घिमीरे अखिल नेपाल युवक संघ केन्द्रिय अध्यक्ष, अतिथि भुवन जिसी सेक्रेटरी नेपाल कम्युनिष्ट पार्टि पाल्पा, अतिथि टिका राना ईन्चार्ज नेकपा क्रान्तीकारी माओवादी पाल्पा, अतिथि धनराज पौडेल अध्यक्ष नेकपा माले पाल्पा लगाएतले राष्ट्रघाती एमसीसीको बारेमा आ आफ्नो तर्क राखेका थिए । विगतका दिनहरुमा पनि यस्ता विरोधका कार्यक्रमहरु हुँदै आइरहेको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.