पिकअप भ्यान र मोटरसाइकल ठोकीदा एकको मृत्यु

असोज ५,राजविराज
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा मंगलवार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१४च ६२७९ नंको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना३७प ३८९४ नंको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना हुन गएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको जिरा भवानी गाउँपालिका– ३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका चौधरीको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.